समाचारबुधबार, मंसिर २७, २०६९
अतिवादको सपना नदेख्न नेता ओलीको चेतावनी
नेपाल दूरसञ्चार कर्मचारी सङ्घले काठमाडौंमा २७ मंसीरमा आयोजना गरेको कार्यक्रममा नेता ओलीले २१ औं शताब्दीमा जनताले कुनै पनि अतिवादलाई सहन नसक्ने बताए । उनले भने, “राजनीतिक बेइमानी गर्दै सत्ता लम्ब्याएर सिंहदरबारमा फोटो झुन्ड्याइराख्न सकिएला तर यसले लोकतन्त्र, शान्ति, राष्ट्रियता र समृद्धिको लागि फाइदा पुग्दैन ।”
ओलीले सत्तारुढ दलहरु जनताको जीवनस्तर माथि कसरी उकास्नेभन्दा सिंहदरबारमा झन्डा झुन्ड्याउने होडबाजीमा लागेको टिप्पणी गरेका थिए ।
