समाचारबुधबार, मंसिर २७, २०६९
राष्ट्रपतिले शीर्ष नेताहरुसँगको छलफलपछि म्याद थप्ने
राष्ट्रपति यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाका संयोजक विजय गच्छदारलाई छलफलका लागि २८ मंसीर बिहान बोलाएका छन् । शीर्ष नेताहरुसँगको छलफलपछि मात्रै म्याद थप्ने राष्ट्रपति निकट स्रोतले जनाएको छ ।
२७ मंसीर विहान म्याद थपको लागि आग्रह गर्न गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग तीन पटकसम्म म्याद थप गर्दा पनि सहमति गर्न नसकेको भन्दै राष्ट्रपति यादवले गुनासो गरेका थिए ।
