समाचारबुधबार, मंसिर २७, २०६९

वार्ता र आन्दोलन संगसंगै: एमाले केन्द्रीय सदस्यहरु

हिमालखबर

अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने केन्द्रीय सदस्यहरुले एमाओवादी लगायत सत्तारुढ दलले सहमति गर्न नचाहेकोले वार्ता र आन्दोलन सँगसँगै बढाउनु पर्ने धारणा राखेको एमाले सचिव युवराज ज्ञवालीले हिमाल खबरलाई जानकारी दिए ।

यस्तै, पार्टीको जिल्ला अधिवेशन र अन्य कार्यक्रमहरुले गर्दा बैठक ८ पुससम्मका लागि स्थगित गरिएको पनि ज्ञवालीले बताए । अब ८ पुसमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुमा पदपूर्ति र कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>