समाचारबिहीबार, मंसिर २८, २०६९

दलहरुको आग्रहमा राष्ट्रपतिद्धारा पाँच दिन म्याद थप

हिमालखबर

२८ मंसीर बिहान शीतलनिवासमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि तेस्रोपटक समय थप गरेका हुन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त मधेशी मोर्चाका संयोजक विजय गच्छदारले २८ मंसीर बिहान राष्ट्रपतिसँग छलफल गरेका थिए । नेताहरुको आग्रहमा पाँच दिन समय थप गरेका राष्ट्रपतिले यो समयसीमालाई अन्तिम बनाउन आग्रह गरेको शीतलनिवास स्रोतले जनाएको छ ।

बाबुराम भट्टराई नेतृत्वको एमाओवादी–मधेशी मोर्चा गठबन्धन सरकारले ७ मंसीरमा आफैले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचन गराउन नसकेपछि राष्ट्रपतिले ८ मंसीरमा एक साताको समयसीमा दिएर दलहरुलाई सहमतिको सरकार गठनका लागि आह्वान गरेका थिए । निर्धारित समयमा सहमति नजुटेपछि राष्ट्रपतिले पहिलोपटक सात दिन र त्यसपछि अर्को ६ दिनको समय थपेका थिए । पछिल्लोपटक ६ दिनका लागि दिइएको समय २७ मंसीरमा सकिएको थियो ।

दोस्रोपटकको म्याद पनि सहमति नभएरै गुज्रिएपछि ‘अब के गर्ने’ भनेर छलफल गर्न राष्ट्रपतिले प्रमुख दलका नेताहरुलाई २८ मंसीर बिहान शीतलनिवास बोलाएका थिए । दलहरुकै आग्रहमा पुनः ५ दिन समय थपिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>