समाचारबिहीबार, मंसिर २८, २०६९
विशेष अदालतका अध्यक्ष कार्की सेवा निवृत्त हुँदै
पुनरावेदन तहको अदालतमा ६३ वर्ष पुगेका न्यायाधीशको अनिवार्य अवकाश हुन्छ । भ्रष्टाचार विषयमा खरो फैसला गरेका कार्कीले आजबाट विदा लिएपछि विशेष अदालतमा पनि न्यायाधीश पद खाली हुनेछ ।
कार्की २०४६ मंसिर २८ गते बहिदारका रुपमा जागिरे जीवन शुरु गरेका थिए । यसअघि १५ जना स्थायी र आवश्यक्ता अनुसार १० जनासम्म अस्थायी न्यायाधीश रहने सर्वोच्च अदालतमा न्यायाधीशहरुले धमाधम अवकाश पाएपछि अहिले सर्वोच्च जम्मा ११ जना न्यायाधीशहरु मात्रै छन् । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारी विहिन बनेको छ भने निर्वाचन आयोगमा बाँकी रहेका दुई जना निर्वाचन आयुक्तले पनि पुसमा अवकास पाएपछि आयोग पदाधिकारी विहिन हुनेछ ।
संसद नरहेको अवस्थामा राजनीतिक दलहरुबीच सहमति नहुँदा संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति हुन सकिरहेको छैन ।
