समाचारबिहीबार, मंसिर २८, २०६९

सुरक्षा प्रमुखहरुको भेला वीरगञ्जमा

हिमालखबर

भेलामा सुरक्षा चुनौतीका विषयमा छलफल गरिने सहसचिव शंकर कोइरालाले जानकारी दिए । सुरक्षा भेलामा नेपाल भारत सिमाबर्ती जिल्लाहरुको सुरक्षा अबस्था, आपराधिक गतिबिधि र सुरक्षा निकायको समन्वयकारी भूमिकाका सम्बन्धमा समिक्षा हुने कोइरालाले बताए । भेलामा नारायणी र जनकपुर अन्चलका ९ जिल्लाका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अनुसन्धान प्रमुखहरुको सहभागिता छ ।

यसैबीच बाराको निजगढबाट दुई महिना अघि अपहरणमा परेका इन्द्र चौलागाई र भिमलाल श्रेष्ठका परिवारले अपहरणको न्यायीक छानवीनको माग गर्दै गृह सचिव घिमिरेसमक्ष उजुरी दिएका छन् । इन्द्रलाल चौलागाईकी छोरी रमिला र भिमलाल श्रेष्ठकी छोरी प्रियाले आफ्ना बाबुहरु अपहरणमा परेको दुई महिना वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय बाराले अपहरीतको खोजी र मुद्दाको अनुसन्धानमा गम्भीरता नदेखाएको भन्दै गृहमन्त्रालयबाटै विशेष टोली खटाएर मुद्दाको अनुसन्धान गर्न माग गरेका छन् ।

अपहरणको समाचार सम्प्रेषण गर्दा बाराका प्रहरी उपरिक्षक दानसिंह बोहराले सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएपछि आफुहरुले समेत न्याय नपाउने देखेर नै उजुरी दिन बाध्य भएको रमिलाले बताइन् । अपहरणकारीले फोन गरेकोे नम्वर स्थानीय प्रहरीलाई उपलब्ध गराएपनि प्रहरीले अपहरणकारीलाई पक्राउ गर्न चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।

त्यस्तै, बाराका प्रहरी उपरिक्षक दानसिंह बोहरालाई कारवाही र सञ्रचाकर्मीलाई सुरक्षाको माग गर्दै स्थानीय सञ्चारकर्मीहरुले गृहसचिवको ध्यानाकर्षण गराएका छन् । बाराका पत्रकार उपेन्द्र ठाकुरलाई प्रहरी उपरिक्षक बोहराले ज्यान मार्ने धम्की दिएको ठाकुरले बताएका छन् । जवाफमा गृहसचिव घिमीरेले सञ्चारकर्मीको सुरक्षाको जिम्मेवारी आफूले लिने भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताएका थिए । अलीअसगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>