समाचारबिहीबार, मंसिर २८, २०६९
पाटन अस्पतालमा झडप
दुई महिनाभन्दा बढी समयदेखि आन्दोलनरत कर्मचारीले उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लगाएको ताला २७ मंसीर साँझ अस्पतालकी उपकुलपति संगीता भण्डारीले प्रहरीको सहयोगमा फुटाएपछि त्यसको विरोधमा उत्रिएका आन्दोलनरत चिकित्सक तथा कर्मचारी र प्रहरीवीच २८ मंसीर बिहान झडप भएको हो ।
प्रहरीको अवरोधका बीच पुनः उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको आन्दोलनरत अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष चतुरनारायण चौधरीले बताए । सम्भावित घटनालाई ध्यानमा राखी अस्पताल परिसरमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ ।
भण्डारीको राजीनामा र अस्पतालमा भएको अनियमितता छानविन गन माग गर्दै त्यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीहरु आन्दोलन गर्दै आएका छन् । चिकित्सक तथा कर्मचारीहरुको आन्दोलनका कारण अस्पतलापको सेवा प्रभावित हुदै आएको छ ।
