समाचारबिहीबार, मंसिर २८, २०६९
विदेशबाट सम्मान पाएपछि स्वदेशमा पनि सम्मान
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले २८ मंसीरमा आयोजना गरेको कार्यक्रममा मन्त्री बद्रीप्रसाद न्यौपानेले बस्नेतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरेका हुन् । सो अवसरमा सम्मानित बस्नेतले आफू ‘सिएनएन हिरो अवार्ड–२०१२’ पाएपछि आफ्नो जिम्मेवारी थपिएको विचार व्यक्त गरिन् । उनले आफू आजीवन यिनै बेसहारा बालबालिकाको सेवामा समर्पित हुने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री न्यौपानेले बस्नेतको सम्मान राष्ट्रकै सम्मान भएको र यसबाट सम्पूर्ण राष्ट्र गौरवान्वित भएको बताएका थिए
