समाचारशुक्रबार, मंसिर २९, २०६९
अब राष्ट्रपतिले निकास दिनु पर्छः नेता पौडेल
२९ मंसीरमा प्रेस युनियनले नवलपरासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले संविधानको संरक्षकका नाताले पनि अब राष्ट्रपतिले नै निकास दिनुपर्नेमा जोडदिए । उनले सहमतिका लागि राष्ट्रपति रामवरण यादव यादवले शुरु गरेको प्रक्रिया पूरा नगरी पछि हट्न नमिल्ने भन्दै लोकतन्त्रको विश्वव्यापी मान्यतालाई आधार मानेर राष्ट्रपति अघि बढ्नु पर्ने जिकिर गरे ।
एमाओवादीको चरित्र र्सवसत्तावादी भएको आरोप लगाउँदै नेता पौडेलले एमाओवादीले कुनै हालतमा चुनाव गराउन नचाहेको दावी गरे । थपिएको पाँचदिनको म्याद भित्र पनि सहमति बन्छ भन्ने आफूलाई विश्वास नरहेको भन्दै उनले थपे, “सहमति हुन्छ भन्ने मलाई विश्वास छैन, सहमतिको गाँठो एमाओवादी र मधेशी मोर्चासँग छ ।” उनले अब पनि सहमति नभए विपक्षी दलहरु सोझै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
