समाचारशुक्रबार, मंसिर २९, २०६९

दुई बालक हत्याका अभियुक्तलाई ७८ वर्ष कैद

हिमालखबर

न्यायाधीश शेखरप्रसाद पौडेलेको इजलासले २९ मंसीरमा गरेको फैसला अनुसार बालक कपिल द्विवेदी र लीलाधर भट्टको कर्तब्य गरी हत्या गरेको अभियोगमा साईसँगै अन्य अभियुक्तहरुलाई २०/२० वर्ष जन्मकैद, अपहरण तथा शरिर बन्धक अन्तर्गत १५ बर्ष र थप दुई दुई वर्ष गरी ७८ वर्ष कैदको फैसला गरेको हो ।

७८ वर्ष कैद सजाय पाउने अन्य अभियुक्तहरुमा कैलाशकुमार गडरिया, राजीतराम कुर्मी, रामशोभित कुर्मी, वर्षाति भनिने नजिर खाँ, रज्जब अलि साई, इब्राहिम मनिहार र इन्साफ अली छन् । अपहरण र हत्यामा सहयोग गरेको अभियोग लागेका प्रहरी हवल्दार शाकिर अलि बेहनालाई ४४ वर्ष कैद सजाय तोकिएको छ भने फिरौति दिने कार्यमा मध्यस्थता गरेको आरोप लागेका चन्देश्वर प्रसाद सिंहले सफाई पाएका छन् ।

नेपालगञ्जको जयबागेश्वरी उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय लिलाधर भट्ट र कक्षा ९ मा अध्ययनरत १५ वर्षीय कपिल द्विवेदीको १४ असोज २०६७ मा अपहरण गरी १० लाख फिरौती समेत लिएपछिनिर्मम हत्या भएको थियो । पीडित परिवारलाई फिरौति वापतको १० लाख रुपैयाँ पनि भराई दिनु भन्ने फैसलामा उल्लेख छ ।

प्रहरीले मेराजसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो जसमध्ये नौ जना पुर्पक्षका लागि थुनामा छन् भने सिपी सिंह, रामसुरेश बर्मालगायत सातजना फरार छन् ।

फैसलापछि कपिलकी आमा ऋचाले न्याय पाएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>