समाचारशनिबार, मंसिर ३०, २०६९

दुर्घटनामा सशस्त्रका एसपीसहित चारको मृत्यु

हिमालखबर

सशस्त्र प्रहरी बर्दिवासको बा.१झ ५९८७ नं को भ्यान र ना.२ ख ५९४० नंको बस एक अपासमा जुद्धा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी उपरीक्षक विष्णुकान्त पाठक, नायव निरीक्षक कुमार दाहाल तथा सिपाहीहरू बब्लु लामा र विक्रम शाही रहेका छन् । पाठक र दाहालको घटनास्थलमै मृत्यु भएको थियो भने सिपाहीहरू लामा र शाहीको उपचारका लागि धरान लैजाने क्रममा लहानमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सशस्त्र प्रहरीहरू गुमानसिंह थारु र रामु रानामगरलाई थप उपचारका लागि धरान पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू दुवैको अवस्था चिन्ताजनक रहेको छ ।

दुर्घटनामा घाइते भएका अन्य १२ जना सामान्य उपचारपछि घर फर्किसकेका जनपुर अञ्चल अस्पतालले जनाएको छ । बसचालक फरार रहेको र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>