समाचारशनिबार, मंसिर ३०, २०६९
राष्ट्रसंघका महासचिवद्वारा सरकार गठनमा ढिलाई नगर्न आग्रह
राष्ट्रपतिले चौथो पटक दिएको समयमा पनि दलहरुबीच सहमति हुने आधार नदेखिएका बेला महासचिव मुनले ३० मंसीरमा वक्तव्य जारी गर्दै सहमतीय सरकार गठनका लागि ढिलाई नगर्न दलहरुलाई सुझाव दिएका छन् ।
उनले नेपालको राजनीतिक गतिरोधप्रति गहिरो चासो देखाउँदै दलहरुलाई राष्ट्रिय स्वार्थका लागि मतभेद अन्त्य गर्न र अर्को चुनावका लागि सबै पक्षलाई वातावरण तयार गर्न समेत आग्रह गर्नु भएको छ । राष्ट्रसंघीय महासचिव मुनले यसअघि भएको बृहत शान्ति सम्झौतालाई स्मरण गरी नेपाली जनताका उपलव्धिहरुलाई जोगाउनसमेत भनेका छन् ।
