समाचारआइतबार, पौष १, २०६९

भोलिसम्म सहमति जुट्ने दाहालको दाबी

हिमालखबर

१ पुस बिहान राष्ट्रपति रामवरण यादवलाई भेटन पुगेका अध्यक्ष दाहालले मुलुक सहमतितर्फ अगाडी बढिरहेकाले अव छलफललाई तिव्र बनाउने बताए । भेटपछि उनले कांग्रेस, एमाले, मधेशी मोर्चा र अन्य दलहरुसँगको छलफल सहमति नजिकतिर अघि बढेकोले भोलीसम्म सहमति हुने दाबी गरे ।

राष्ट्रपतिसँगको भेटमा आफूले सहमतिका लागि अहिलेसम्म भएका छलफल तथा निर्वाचनका विषयमा भइरहेको प्रगतिका बारेमा जनाकारी गराएको पनि उनले बताए ।

राष्ट्रपति यादवले आजै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसँग पनि भेट गरेका छन् । ३० मंसीरमा अध्यक्ष दाहालले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँगथ छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>