समाचारआइतबार, पौष १, २०६९
सहमतिको वातावरण बन्दैछः प्रवक्ता सापकोटा
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सञ्चारकर्मीसँगको नियमित भेट कार्यक्रममा प्रवक्ता सापकोटाले सबै दललाई मान्य हुने गरी ‘विन विन’ को स्थिति निर्माण गर्न दलहरूले भरमग्दुर प्रयास गरिरहेको भन्दै निर्वाचनका लागि आवश्यक ऐन कानुनको व्यवस्था, संवैधानिक नियुक्तिलगायतका विषयमा सहमति गर्न र विघटित संविधानसभाले गरेका कामको स्वामित्व लिने अवस्था आए नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन कुनै आपत्ति नभएको बताए ।
प्रवक्ता सापकोटाले प्रारम्भिकरूपमा सहमतिको वातावरण बनेको तर अहिल्यै उत्साहित हुने अवस्था नभएको पनि बताएका थिए ।
