समाचारसोमबार, पौष २, २०६९

आज जनकपुरमा विवाहपञ्चमी मनाईंदै

हिमालखबर

करिब नौ लाख वर्ष पूर्व त्रेतायुगको मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा भगवान श्री राम–सीताको विवाह सम्पन्न भएको थियो । सोही विवाहको स्मरणमा मिथिलावासीद्वारा प्रत्येक वर्ष विवाह पञ्चमी मनाइने गरिन्छ । “विश्वमा मिथिला परम्पराअनुसार यस्तो विवाह कहीँ हुँदैन”– जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भन्छन्, ” यस्तो विवाह मिथिलामा मात्र हेर्न सकिन्छ र यो विवाहलाई ‘ब्राह्म विवाह’ भनिन्छ ।”

अयोध्याको लक्ष्मण किलाका महन्थ मैथिल शरणको नेतृत्वमा जन्ती आएको छ भने विवाहपश्चात् ती जन्तीलाई मिथिला परम्पराअनुसार बिदाइ गर्दा धोती, गन्जी, गम्छा, पाग दिएर बिदाइ गर्नेछन् । आज राममन्दिरबाट जन्तीपक्षको डोला निस्कन्छ भने जानकी मन्दिरबाट केटीपक्षको रथ निस्कन्छ । दुवैपक्ष स्थानीय रंगभूमि मैदानमा जम्मा हुन्छन् । त्यहाँ स्वयम्बर विधि सम्पन्न हुन्छ र दुवै डोला पुनः जानकी मन्दिरमा आउँछन् । भव्यरूपमा सजाइएको विवाहमण्डप (मड्वा) मा विवाहको सम्पूर्ण विधि हुन्छ । जानकी मन्दिरबाट रामसीताको मूर्ति ल्याएर श्रद्धापूर्वक पूजापाठ गरिन्छ ।

मैथिली विधि विधानअनुसार जानकी मन्दिरमा मूल पुरोहितद्वारा मन्त्रोच्चारण गरी विवाह विधि सम्पन्न गरिन्छ । यस अवसरमा मैथिली नारीहरू विवाह गीत गाउँछन् । अन्त्यमा आरतीपश्चात् राम–सीताको विवाह सम्पन्न हुन्छ । राम–सीताको विवाह महोत्सवले त्रेतायुगको सम्झना गराइदिने मिथिलावासीको भनाई छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>