समाचारसोमबार, पौष २, २०६९

नवलपरासीमा दुईको मृत्यु ४० घाइते

हिमालखबर

दुर्घटनामा घाईतेको मध्यबिन्दु अस्पताल डण्डामा उपचार हुँदै । तस्बीरः विद्रोही गिरी

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ४९७४ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु१ख ४९७४ नम्बरको बसका सहचालक सिद्धार्थनगर–९ भैरहवाका उजेल भुसाल र  नवलपरासी रजहर – १ की बसन्ती महतोको ज्यान गएको इलाका प्रहरी कार्यलय कावासोतीले जनाएको छ ।

बाक्लो कुहिरो लागेका बेला प्रतिस्पर्धा गर्दै दौडेका बसमध्ये लु१ख ४९७४ नम्बरको बसले सडकमा गुडिरहेको अर्को ट्रकलाई ‘ओभरटेक’ गर्न खोज्दा सो दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका करिब ४० घाइतेमध्ये  १४ जना गम्भीर अवस्थामा छन् । घाइतेहरुको मध्यविन्दु अस्पताल डन्डा र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>