समाचारसोमबार, पौष २, २०६९
अखिलका विद्यार्थी नेतामाथि खुकुरी प्रहार
एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन शिक्षा क्याम्पस ताहचलका अध्यक्ष प्रकाश शाहीमाथि क्याम्पस नजिकै होटेलमा खाजा खाइरहेका बेला खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारपछि घाइते शाहीलाई उपचारका लागि काठमाडौं मोडल हस्पिटल पुर्याइएको अनेरास्वयुका सचिव रचना खड्काले जानकारी दिइन् । शाहीको टाउकोमा गहिरो चोट लागेको छ भने हातले छेक्न खोज्दा हातमा चोट लागेको छ ।
चारवटा मोटरसाइकलमा आएका युवकहरुले क्याम्पस हाताभित्र शाहीलाई खोज्दै हिडेका थिए । अहिले खुकुरी प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
