समाचारसोमबार, पौष २, २०६९
आजै सहमति हुन्छः नेता नेपाल
चौथो पटकको समयसीमा सकिनै लाग्दा २ पुस बिहान एकीकृत नेकपा माओवादी अध्यक्ष दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाबीच भएको छलफलमा सहमतीय सरकार गठनमा सहमति भएको हो ।
दाहाल निवास लाजिम्पाटमा भएको छलफलपछि नेताहरुले सहमतिको खाकाबारे विस्तृत नबताए पनि आजै साझसम्ममा सहमति हुने बताएका छन् । नेता नेपालले आजै साझ सहमतीय सरकार गठन हुने विश्वास व्यक्त गरे ।
यसअघि पटक–पटक सरकार गठनका लागि समय पाएका दलहरुले सहमति नजिक पुगेको भन्दै समय थप्न राष्ट्रपतिस“ग आग्रह गरेका थिए ।
