समाचारसोमबार, पौष २, २०६९
एमाओवादीले बेइमानी नगरे छिट्टै सहमति:खनाल
२ पुसमा संखुभासभामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले नेताहरुबीच भएको छलफलले सहमतिको वातावरण बनाएको भन्दै अब सहमति गर्ने नगर्ने एमाओवादीको हातमा रहेको दाबी गरे । एमाओवादी सहमतिको मुख्य वाधक भएको र उसले सहमति जनाए मुलुकले निकास पाउने खनालको भनाइ थियो ।
अध्यक्ष खनालले सहमतिको लागि लचिलो बन्न एमाओवादीलाई आग्रह समेत गरे । उनी एमाले संखुवासभाको सातौं जिल्ला अधिवेशन उदघाटनका लागि १ पुसमा खादबारी आइ पुगेका हुन ।
