समाचारसोमबार, पौष २, २०६९

बैठक बसेन, दलहरुले चौथो म्याद पनि गुजारे

हिमालखबर

आजै २ पुस बिहान एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र दाहालबीचको बैठकमा साँझसम्ममा प्रमुख चारशक्तिको बैठक गरेर सहमति गर्ने निष्कर्ष निकालिएको थियो । उक्त बैठकपछि नेताहरुले आजै दलहरुबीच औपचारिक छलफल भई सहमति बन्ने बताएका थिए ।

एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज चार शक्तिको बैठक नबस्ने पक्का भए पनि दलहरु सहमतिको नजिक पुगेको दावी गरेका छन् । एकीकृत माओवादीले नयाँ सरकार गठन हुनु पूर्व वर्तमान सरकारमा विपक्षी दलहरु सहभागी हुनु पर्ने र वर्तमान सत्ता गठबन्धनले चाहेजस्तै संविधानका अन्तर्वस्तुमा सहमति गर्नुपर्ने एमाओवादीको अडानमा कुरा नमिलेपछि बैठक बस्न नसकेको बुझिएको छ ।

यसअघि एकीकृत माओवादी अध्यक्ष दाहाल र एमाले बरिष्ठ नेता नेपालले साँझसम्ममा दलहरुबीचमा सहमति हुने दावी गरेका थिए । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पनि संयुक्त बैठकको बारेमा कुनै जानकारी नआएको र आजै बैठक बस्ने संभावना कम रहेको बताए ।
चौथो पटक राष्ट्रपतिले दिएको पाँच दिनको समय पनि दलहरुले औपचारिक छलफलविनै गुजारेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>