समाचारमंगलबार, पौष ३, २०६९

पाँच दिन सम्मको समय थप गर्न दलहरुको आग्रह

हिमालखबर

३ पुस बिहान राष्ट्रपतिसँग भएको छलफलमा प्रमुख दलका शीर्ष नेताहरुले सहमतिको नजिक रहेकाले तीन देखि पाँच दिन सम्मको समय थप गर्न आग्रह गरेका हुन् । शीतल निवास पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले तीनदेखि पाँच दिनको समय थप्न संयुक्त आग्रह गरेका हुन् ।

त्यसअघि बिहान प्रचण्ड निवास लाजिम्पाटमा दलहरुबीच अनौपचारीक छलफल भएको थियो । राष्ट्रपतिसँगको भेटपछि एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि थप समय आवश्यक भएकाले तीनदेखि पाँच दिन माग गरेको बताए । राष्ट्रपति डा रामबरण यादवले भने हरेक पटक समय थप्न कठिन हुने भएकाले छिटो सहमतिमा पुग्न आग्रह गरेको खनालले जानकारी दिए ।

मधेशी मोर्चाका संयोजक गच्छदारले अबको समयमा सहमति हुनेमा विश्वास दिलाएको दोहो¥याए । दलहरुलाई सहमतिका लागि राष्ट्रपतिले दिएको चौथो पटकको समय २ पुसमा सकिएको छ । आफ्ना सल्लाहाकारहरुसँग छलफल गरेर कति समय थप गर्ने भन्ने विषयमा राष्ट्रपतिले निर्णय लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>