समाचारमंगलबार, पौष ३, २०६९

एमाओवादीलाई चुनावमा हार्ने डर छः पौडेल

हिमालखबर

पौडेलले काङ्ग्रेसको नेतृत्वमा सहमतीय सरकार बनेमा चुनाव निष्पक्ष हुने र त्यसमा पराजय बेहोर्नुपर्ने डरले माओवादीले सहमति बिगारेको आरोप लगाए । ३ पुसमा राजधानीको बालाजुस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघले गरेको कार्यक्रममा उपसभापति पौडेलले भने, “आउने वैशाखमा चुनाव गराउने पक्षमा एकीकृत माओवादी छँदै छैन ।”

यसघि भएका सहमतिहरुलाई पालना गर्ने सवालमा माओवादी इमान्दार नदेखिएकोले पनि सहमति हुन नसकेको उनको भनाई छ । पौडेलले एकीकृत माओवादीले अन्तिम समयमा आएर हुन लागेको सहमति भाँडेको भन्दै मधेशी मोर्चा पनि चुनावमा जाने मानसिकतामा नरहेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>