समाचारमंगलबार, पौष ३, २०६९
मुलुकप्रति महतको चिन्ता
३ पुसमा लमजुङको जनकल्याण उमाविको बार्षिकोत्सवमा सहभागी हुन पुगेका महतले विद्यालयमा राजनीतिका कुरा नगर्ने भन्दै अहिलेको युग आर्थिक विकासको भए पनि नेपालमा दलहरु सत्तामै अलमलिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
संक्रमणकाल यति लामो होला भन्ने आफूले कल्पनासम्म नगरेको भन्दै उनले थपे, “ दक्षिण एसियाकै भुटान, माल्दिभ्स, बंगलादेश भन्दा पनि हामी धेरै पछि परिसक्यौं ।” सत्ता स्वार्थमा लाग्दा मुलुकको आर्थिक विकासका एजेण्डा ओझेलमा परेको उनको भनाई थियो ।
जलस्रोतको धनी भनिएको नेपालमा दैनिक लामोसमय लोडसेडिङ हुनु र विदेशीसँग माग्नुपर्ने अवस्था आउनु दुर्भाग्यपुर्ण भएको भन्दै महतले ठूला जलविद्युत आयोजना निर्माणमा अवरोध गरेर रोजगार र देशको आर्थिक विकासमा बाधा नपु¥याउन समेत आग्रह गरे । देशमा बन्द हड्ताल र तोडफाड कम्तिमा ५ बर्षसम्म मात्रै पनि बन्द गर्न सकिए मुलुक आर्थिक संवृद्धीको दिशामा अघि बढ्ने नेता महतको धारणा छ । युवराज श्रेष्ठ, लमजुङ
