समाचारमंगलबार, पौष ३, २०६९

चितवनमा आगजनी, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

हिमालखबर

आतङ्क मच्चाउने हात्ती मार्नुपर्ने, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने माग राखेर आन्दोलित भएका उनीहरुले माडीका पाँच पाण्डव, बगौडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा रहेका कागजात र फर्निचर जलाएका हुन् ।

आक्रोशित आन्दोलनकारीले प्रहरी चौकी वरुवामा तोडफोड गर्न थालेपछि प्रहरीले तीन राउण्ड अश्रु ग्याँस हानेको छ । उनीहरुले प्रहरी भ्यानमा समेत तोडफोड गरेका छन् ।

भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध पारेर प्रर्दशन गरेका आन्दोलित स्थानीयवासीले यसअघि हिंजै कसरामा रहेको निकुञ्जको मुख्य कार्यालय तालावन्दी गरेका थिए ।

१ पुस राति जंगली हात्तीको आक्रमणबाट गर्दीमा वुद्धिराम वोट र उनकी श्रीमती जरिया वोटको मृत्यु भएपछि शवको अन्तिम संस्कार नगरी आन्दोलनमा उत्रिएका उनीहरुले ४ पुसदेखि सदरमुकाम केन्द्रित आन्दोलन गर्ने तयारी गरेको जनाएका छन् ।
निकुञ्जको बनकट्टा पोष्टदेखि सुकीभार पोष्टको क्षेत्रमा हात्ती रहेको अनुमान गरिए पनि अहिलेसम्म हात्तीफेला पर्न नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकवहादुर कार्कीले जानकारी दिए । टोली हात्ती मार्न खटिरहेकाले संयमित रहन माडीका वासिन्दालाई निकुञ्जले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>