समाचारबुधबार, पौष ४, २०६९
एमाले स्थायी कमिटीको बैठक बस्दै
दिउँसो पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा दलहरुबीच भइरहेको छलफल, सहमतिको सम्भावना र आगामी रणनीतिका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री बाबुराम भट्टराईका कारण सहमति हुन नसकेको निष्कर्ष निकालेको एमाले सहमति र आन्दोलनसँगै अघि बढाउने विषयमा पनि छलफल गर्नेछ ।
बैठकमा राष्ट्रपतिले थप गरेको पछिल्लो म्यादभित्र सहमति खोज्ने विषयमा बैठक केन्द्रित हुने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिए ।

