समाचारबुधबार, पौष ४, २०६९

तीन नेताको गोप्य बैठक

हिमालखबर

काठमाडौंको बिजुलीबजारस्थित बेलारुसका अबैतनिक राजदुत अजय सुमार्गीको घरमा ४ पुस बिहान भएको बैठकमा राष्ट्रपतिले पा“चौ पटक दिएको म्यादभित्र नयाँ सरकार गठन गरी गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ । भेटमा नेताहरुले प्याकेजमा सहमति गरेर राजनीतिक संकट समाधान गर्ने बारेमा छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता त्याग गर्न नमानेकोमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असंतुष्टी जनाएका बेला बसेको बैठकमा अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>