समाचारबुधबार, पौष ४, २०६९
संक्रमणकाल छिटै समाप्त हुन्छः नेता ओली
पुस ४ मा एमाले नेता प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘राष्ट्रियता, पहिचान र समाजिक रुपान्तरणः अर्थ राजनीतिक बहस’ को राजधानीमा विमोचन गर्दै नेता ओलीले एकीकृत माओवादीको ढिपीले गर्दा संक्रमणकाल लम्बिएको तर अब धेरै समयसम्म त्यो ढिपी नटिक्ने बताएका हुन् ।
नेता ओलीले अहिलेसम्म संविधान नबन्नुको कारण संघीयता र पहिचानको मुद्दा भनिए पनि वास्तविकता त्यसो नभएको दाबी गरे । “एमाओवादीको तानाशाही सोच र जडसूत्रवाद नै संविधान नबन्नुको प्रमुख कारण हो,” उनले निष्कर्ष सुनाए ।
कार्यक्रममा विमोचित पुस्तकमाथि पत्रकार नारायण वाग्ले, राजनीतिक विश्लेषक मुमाराम खनाल र एमाले नेता घनश्याम भुसालले टिप्पणी गरेका थिए ।
