अर्थ/बजारबुधबार, पौष ४, २०६९
पाँच सामाजिक उद्यमीलाई आशा अवार्ड
पुस ३ मा काठमाडौंमा आयोजित समारोहमा देशका विभिन्न भेगमा सामाजिक उद्यम गर्दै आएका व्यवसायीहरुले रु. १ लाख पुरस्कारको अवार्ड प्राप्त गरेका हुन् ।
कृत्रिम रंग्याउने (डाइङ)को विकल्प सहित समुदायमा सीप प्रदान गरी महिलाहरुलाई रोजगारी दिए वापत ककनी हिमालयन नेचुरल डाइजकी शान्ति डोल्मा, दृष्टिविहीनलाई रोजगारी सिर्जना तथा सीप हस्तान्तरण गर्ने सीइङ् ह्यान्ड्स क्लिनिकका चिरञ्जिवी पौडेल, घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने हेल्थ एट होम प्रालिका डा. विशाल ढकाल, परम्परागत कलाको प्रशिक्षण दिने नेपाल ट्रेडिसनल ह्यान्डिक्राफ्ट ट्रेनिङ सेन्टरका प्रचण्ड शाक्य र अल्लोका कपडा बनाएर ग्रामीण रोजगारी सिर्जना गर्ने पर्वतको हमपाल अल्लो तथा कपडा बुनाइ उद्योगकी जसमाया पुनले अवार्ड प्राप्त गरेका हुन् ।
८४ आवेदक मध्ये १५ सामाजिक उद्यमी अन्तिम प्रतिस्पर्धामा छानिएका थिए । १० बर्ष भन्दा धेरै सामाजिक उद्यमशीलतामा संलग्न अल्टरनेटिभ हर्वल प्रालिका गोविन्द घिमिरे, साङग्रीला एग्रो वल्र्डकी तारा बास्कोटा र एभरेष्ट टि स्टेट प्रालिका सोमप्रसाद गौचनलाई पनि समुदायमा पुर्याएको योगदानको कदर गर्दै यस बर्ष सम्मान गरिएको छ । यस्तै उद्यमशीलता बढावा दिन योगदान पु¥याउने चार कम्पनीहरु हिमालयन नेचुरल्स प्रालि, लोटस होल्डिङ्स प्रालि, महिला सहयोगी वचत तथा ऋण सहकारी समाज र बृहत इन्भेष्टमेन्ट प्रालिले भने ‘एनबीआई परिवर्तनका दूत’को सम्मान प्राप्त गरेका छन् ।
सूर्य नेपाल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरेपछि गत बर्षदेखि चेन्जफ्युजन नेपालले राष्ट्रिय व्यवसायीक पहल (एनबिआई)को सहकार्यमा आशा अवार्ड वितरण गर्न थालेको हो । गत बर्ष पनि देशका विभिन्न भेगका ५ उद्यमीले यो पुरस्कार प्राप्त गरेका थिए । समुदायलाई लाभ पुग्ने दृष्टिले शुरु गरिएका उद्यमहरु अवार्डका लागि योग्य ठहरिन्छन् ।
