समाचारबुधबार, पौष ४, २०६९
आफू सहमतिको बाधक नबनेको प्रधानमन्त्रीको दाबी
४ पुस अपरान्ह ४ बजेपछि राष्ट्रपति रामवरण यादवलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री भट्टराईले सञ्चारकर्मीसँगको कुराकानीमा आफू वैशाखमा सविधानसभाको नयाँ चुनाव गराउने अडानमै रहेको बताए । उनले भने, “दलहरूबीच कुरो मिलेर चुनावको वातावरण बनेपछि पद छाड्न मलाई कुनै अप्ठेरो छैन ।”
राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्रीले दलहरूबीच अहिलेसम्म सहमतिका लागि भइरहेको प्रयासका विषयमा जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रपतिले आफू ८ पुसमा भारत भ्रमणमा जानु अघि नै सहमति गरिसक्न भट्टराईलाई दबाव दिएका थिए ।
