समाचारबुधबार, पौष ४, २०६९
कोइरालालाई नेतृत्व दिन एमाले अडिग
पार्टीको ४ पुसमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको भारत भ्रमण अघि सहमतीय सरकार गठनका लागि छलफललाई तीब्र पार्ने निर्णय पनि गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।
“अहिलेको अवस्थामा कांग्रेसको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको एमालेको ठहर छ,” गौतमले भने । बैठकमा सहमतिका लागि अहिलेसम्म भएको प्रयासका विषयमा छलफल भएको उनले बताए । प्रधानमन्त्री बाबुराम भट्टराईका कारण सहमतिको प्रयासले मूर्तरुप लिन नसकेको पनि एमालेले जनाएको छ ।
