समाचारबुधबार, पौष ४, २०६९

राष्ट्रपति र तीन नेताबीच छलफल, सात गतेभित्रै सहमति गर्ने प्रतिबद्धता

हिमालखबर

४ पुस साँझ शीतलनिवास पुगेका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रपति समक्ष पछिल्लो समयसीमाभित्रै सहमतीय सरकार गठन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
“राष्ट्रपतिज्यु समक्ष तीन दलका नेताहरुले दलहरुबीच भएका छलफलको प्रगतिबारे अवगत गराउनुभयो,” राष्ट्रपतिका सल्लाहकार राजेन्द्र दाहालले हिमाल खबरलाई भने, “छलफल सकारात्मक भइरहेकाले ७ गतेभित्रै सहमतिको सरकार गठन हुने उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ ।”

दलहरुबीच कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्नेबारे सहमति भएको भनिए पनि प्रधानमन्त्री बाबुराम भट्टराईको अडानका कारण सहमतिले अन्तिम रुप लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>