समाचारबिहीबार, पौष ५, २०६९
साहित्यकार यात्रीको निधन
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा ५ पुस विहान निधन भएको हो । नसा र मृगौलासम्वन्धी समस्याबाट पिडित ७९ बर्षका यात्रीलाई ५ दिन अघि अस्पताल भर्ना गरिएको थियो ।
सन १९९१ मा भोजपुरमा जन्मेका नेपालका वर्णाश्रम व्यवस्था किन, सेतीको नालीबेली, विष्णुमाया लगायतका कृती प्रकाशित छन । यात्रीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । यात्रीका दुई श्रीमतीबाट ७ भाई छोरा छन् ।
