समाचारबिहीबार, पौष ५, २०६९
भट्टराई सरकारलाई निरन्तरता दिने गठबन्धनको निर्णय
सत्तारुढ गठबन्धनले सरकार गठनका विषयमा पुरानै अडान कायम राखेपछि जेलिंदै गएको नेपाली राजनीतिको गाँठो फुक्ने सम्भावना झन पर पुगेको छ ।
५ पुस बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकले वर्तमान बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सहमतिको स्वप दिन पहल गर्ने निर्णय गरेको हो । भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्न सम्भव नभए गठबन्धन भित्रैबाट प्रधानमन्त्रीको उम्मेद्वार खोज्ने पनि बैठकले निस्कर्ष निकालेको छ ।
गरेको हो ।
बैठकपछि गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले पहिलो चरणमा यो सरकारकालाई सहमतिको स्वरुप दिन पहल गर्ने र त्यसो हुन नसके गठबन्धन भित्रैबाट प्रधानमन्त्री खोज्ने सहमति भएको जानकारी दिए । सिंहले सहमतिको आधार तयार नभइकन प्रधानमन्त्री भट्टराईले राजीनामा दिन नहुने पनि निष्कर्ष निकालिएको बताए ।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री भट्टराई र विजयकुमार गच्छदारले कांग्रेस नेतृत्वमा चुनावी सरकार बन्न नहुने अडान राखेका थिए । बैठकमा एमाओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई, मधेशी मोर्चाका संयोजक गच्छदार र अन्य साना दलका नेताहरुको उपस्थिति रहेको सिंहले जानकारी दिएका छन् ।
