समाचारबिहीबार, पौष ५, २०६९

दाहाल भन्छन्, ‘बाबुरामलाई मनाउन गाह्रो भयो’

हिमालखबर

५ पुसमा पार्टी उपाध्यक्ष वामदेव गौतमसँगै दाहाल निवास लाजिम्पाट पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग दाहालले प्रधानमन्त्री भट्टराईले सरकार छोड्न नमानेको भन्दै मनाउन पहल गरिदिन आग्रह गरेको नेता नेपाल निकट स्रोतले बताएको छ ।

दाहालको आग्रहपछि नेता नेपालले सहमतिका लागि भट्टराईले सरकार छोड्नुको विकल्प नरहेको बताएका थिए । स्रोतका अनुसार दाहालले प्रधानमन्त्री भट्टराईले कांग्रेस सभापति सुशील कोइरालाका लागि   सरकार नछोड्ने अडान लिएको भन्दै कोइरालाको विकल्प खोज्न सकिन्छ कि भन्नेबारेमा सोच्न आग्रह गरेका थिए । तर, नेता नेपालले   कांग्रेसलगायत विपक्षी दलहरुले कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय गरेसकेकाले अब विकल्प खोजेर समय खेर नफाल्न सुझाव दिए ।

प्रधानमन्त्री भट्टराईलाई मनाउने जिम्मा पाएका नेपालले यसअघि हिमालखबरसँगको कुराकानीमा आफूले हर तरहले सम्झाउने प्रयास गर्दा पनि भट्टराईले सत्ता छोड्न नमानेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>