समाचारबिहीबार, पौष ५, २०६९

‘हासमीको परिवारमाथि अनुसन्धान आवश्यक’

हिमालखबर

उक्त घटनाबारे आयोगले तयार पारेको स्थलगत जाँचबुझ प्रतिवेदन  ५ पुसमा सार्वजनिक गरेको हो । बर्दियाकी हासमीलाई गत २३ मङ्सिरमा आगो लगाइएपछि उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

आयोगका प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा गएको टोलीले लिएको मृतक हासमीको दुई ठाउँको मौका बयान, मृतककी आमा हसिना तथा अस्पतालका डाक्टर र नर्स टोलीसमक्ष गरेको बयान फरक फरक रहनाले घटनालाई रहस्यमय बनाएको प्रतिवेदनमा उल्लेख छ ।  प्रवक्ता अन्सारीले प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने तथा बाबु खान र मृतक हासमी दुवैको परिवारतर्फ अनुसन्धान हुन आवश्यक रहेको जानकारी दिइन् ।

टोलीले पाँच प्रत्यक्षदर्शी, प्रेमी खान, मृतकका परिवार, स्थानीय प्रशासन र नागरिक समाजसँग कुरा गरेको अन्सारीले बताइन् । उनले भनिन्, “मृतक हासमी घरभित्रबाटै जलिरहेको अवस्थामा चिच्याउँदै बाहिर निस्किएको भन्ने एकथरिको बयान आएको छ भने अर्काथरिको घर बाहिर आगो लगाएको भन्ने बयान आएको छ, यसले घटनालाई थप शङ्कास्पद बनाएको छ ।”

आरोपित प्रेमी खानले आयोगको टोलीसँगको बयानमा मृतक हासमी आफ्नो प्रेमिका भएको र घटनाअघि आफूसँगको कुराकानीमा  हासमीले आफूलाई परिवारले मार्न खोजेको बताएका छन् । घटनापछि प्रहरीले मृतक हासमी र खान दुवैको मोबाइल टेलिफोनको एसएमएस मेटाउनु तथा प्रेमी खानतर्फमात्रै एकतर्फी अनुसन्धान अगाडि बढाउनाले प्रहरीको अनुसन्धान फितलो देखिएको प्रवक्ता अन्सारीले उल्लेख गरिन् ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>