समाचारशुक्रबार, पौष ६, २०६९

प्रधानसेनापति साइकल चढेर अफिस गए

हिमालखबर

प्रधान सेनापति गौरवशम्शेर राणा (सबैभन्दा अगाडि) साइकल चढेर कार्यालय जाँदै गर्दा माइतिघर नजिक । तस्बीरः मिनरत्न बज्राचार्य हिमालखबर

सधैंजसो साइरनसहितको सैनिक प्रहरीको गाडी अगाडि र पछाडि राखेर कडा सुरक्षाका साथ सवारी चलाउने प्रधानसेनापति राणा वातावरण प्रदूषति हुन नदिन र स्वास्थ्यलागि समेत फाइदा हुने भएकाले साइकल चढेरै सैनिक मुख्यालय प्रवेश गरेका हुन् ।

प्रधानसेनापति मात्र नभई काठमाडौं उपत्यकाको चक्रपथभित्र रहेका नेपाली सेनाका बाहिनी, गण, गुल्ममा कार्यरत अधिकृतदेखि रथीसम्मका सेनाका धेरै उच्च पदस्थ अधिकारी ६ पुस बिहान साइकल चढेरै कार्यालय प्रवेश गरेका थिए । कतिले भने सार्वजनिक यातायातका साधन चढेर कार्यालय पुगेका थिए ।

नेपाली सेनाले वातावरण प्रदूषण कम गर्न हप्ताको एक दिन प्रत्येक शुक्रबार सार्वजनिक सवारी साधन, साइकल वा पैदलमा कार्यालय आउन यसै साता मातहतका अधिकृतलाई आदेश दिएको थियो । सो आदेशअनुसार उपसेनानीदेखि रथीसम्मले शुक्रबार कार्यालय आउँदा र फर्कदा सरकारी सुविधामा प्राप्त हुने कुनै पनि सवारी साधन प्रयोग गर्न पाउने छैनन् ।

“सङ्गठनले वातावरण जोगाउने काममा योगदान पुगोस् भनेर हप्ताको एकदिन गाडी प्रयोग नगर्ने कार्यको थालनी गरेको छ, यसबाट व्यक्तिगतरुपमा धेरै नै राम्रो हुने छ, हिँड्दा शरीरलाई फाइदा पनि पुग्छ,” नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले भने ।

यो अभियानबाट पेट्रोलियम पदार्थमा लाग्ने खर्च जोगिने र उपत्यकाको सवारी चापलाई केही हदसम्म राहत पुग्ने सेनाको ठहर छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>