समाचारशुक्रबार, पौष ६, २०६९
नौ गतेअघि नै सहमति जुट्ने खनालको विश्वास
राष्ट्रपति डा. रामवरण यादव पुस ९ गते भारत भ्रमणमा जाने कार्यक्र छ । अध्यक्ष खनालले दलहरुबीच भैरहेका पछिल्ला वार्ताहरु सकारात्मक दिशामा अघि बढेको भन्दै त्यस्तै विश्वास व्यक्त गरेका हुन् । रुपन्देही व्यापार सङ्घले ६ पुसमा आयोजना गरेको लुम्बिनी एक्स्पोको बुटवलमा उद्घाटन गर्दै उनले सहमतिको धेरै नजिक पुगेको दाबी गरे ।
सहमतिको विकल्प नभएको बताउदै अध्यक्ष खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले कुर्सी छाड्नुको विकल्प नभएको स्पष्ट पारे । उनले सहमतिमा कुनै पनि दलको मान्छे प्रधानमन्त्री बन्न सक्ने भन्दै यसमा कांग्रेस, एमाले वा माओवादी जो पनि आउन सक्ने बताएका थिए ।

