समाचारआइतबार, पौष ८, २०६९
एमाओवादी अझै केही वर्ष निर्वाचन चाहँदैनः महत
नेपाल राष्ट्रिय मगर सङ्घ पर्वतको दोस्रो जिल्ला अधिवेशनलाई ८ पुसमा सम्वोधन गर्दै नेता महतले भर्खरै फुटेर दुई टुक्रा परेको एकीकृत माओवादी कम परिणाम आउने डरले वैशाखमा त के अझै केही वर्ष निर्वाचन गराउने पक्षमा नभएको दाबी गरे ।
वैशाखमा चुनाव सुनिश्चित भए सत्ता छाड्छु भन्ने प्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति हास्यास्पद नाटकमात्र भएको टिप्पणी गरे ।
नेता महतले माओवादी सत्ता लम्ब्याएर एकछत्र शासन गर्न चाहन्छ भन्दै मुस्ताङ गाडी चडेर सस्तो प्रचारबाजी गरेका प्रधानमन्त्रीले मुलुकमा भ्रष्टाचार र दण्डहिनतालाई प्रश्रय दिएको आरोप लगाएका थिए ।
