समाचारआइतबार, पौष ८, २०६९
यही सरकारले बैशाखमा चुनाव गराउँछः प्रम
ललितपुरको गोटिखेलमा ८ पुसमा एकीकृत सेवाकेन्द्रको उद्घाटन गर्न हेलिकप्टरमा पुगेका प्रधानमन्त्री भट्टराईले आफूविरुद्ध विभिन्न ठाउँहरुबाट षडयन्त्र भइरहेको बताउँदै जति षडयन्त्र भए पनि सरकार नढल्ने र बैशाखमा चुनाव गराई छाड्ने दाबी गरेका हुन् ।
संसद् विघटन भएपछिको निर्वाचन विद्यमान सरकारले नै गर्ने अन्तराष्ट्रिय प्रचलन रहेको पनि भट्टराईले दाबी गरे । उनले थपे, “दलहरुले अपब्याख्या गरिरहेका छन्, म दलहरुलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्छु ।”
कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन र गृहसचिव नविन घिमिरेको पनि उपस्थिति थियो ।
