समाचारआइतबार, पौष ८, २०६९

नेताहरु शीतल निवास पुगे

हिमालखबर

राष्ट्रपतिभवन शीतलनिवासमा केहीबेरअघि शुरु भएको बैठकमा प्रमुख तीन दललगायत मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी छन् । दलहरूले आ–आफ्ना अडान नछाडेपछि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको पाँचौ पटकको समयसीमा हिजै सकिएको हो । प्रमुख दलहरुसँगको छलफलबाट सम्भव नभएकाले राष्ट्रपतिले विघटित संविधानसभामा रहेका सबै दलहरूसँग सामूहिक छलफल गर्ने तयारी पनि गरेका छन् ।

आज बेलुकासम्म सबै दलसँग छलफल हुने राष्ट्रपतिका कानूनी सल्लाहकार सूर्य ढुङ्गेलले जानकारी दिए ।  भारत भ्रमणमा जानुअघि राष्ट्रपतिले सहमतिका लागि हरसम्भव प्रयत्न गर्ने ढुङ्गेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>