समाचारआइतबार, पौष ८, २०६९
एमाले केन्द्रीय कमिटीको बैठक स्थगित
मुख्य नेताहरूको व्यस्तताले गर्दा बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । राष्ट्रिय सहमतिका लागि छलफल र वार्तामा सहभागी हुनुपर्ने भएकोले नेताहरू व्यस्त रहेको पनि पार्टीले जनाएको छ ।
आजको बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम थियो ।
