समाचारआइतबार, पौष ८, २०६९

बिद्यालय छिरेको बाघ १२ घण्टापछि नियन्त्रणमा

हिमालखबर

विद्यालयमा बाघ : नवलपरासी कावासोतीको एक बिद्यालयमा छिरेको बाघलाई १२ घण्टापछि वेहोस पारेर नियन्त्रणमा लिदै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरु । तस्बीर:विद्रोही गिरी/नवलपरासी

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले साँझ सवा ६ बजे डार्ट (वेहोस गराउने) गरेपछि बाघलाई नियन्त्रणमा लिएका हुन् । आईतबार बिहान कावासोती–५ का ३० बर्ष बर्षीय बच्चुराम हरियानलाई आक्रमण गरेपछि बिद्यालय छिरेको पाटेबाघ ननिस्कदा दिनभर गाउँले आतंकित भएका थिए ।

करिब दुई घण्टाको प्रयासमा बाघलाई नियन्त्रणमा लिईएको हो । बाघलाई डार्ट गरेपछि लागेको भीडले सुरक्षाकर्मीलाई काम गर्न धौ धौ बनाएको थियो । पुसको शुरुसंगै जंगली जनवारको गाउँ प्रबेश बढेको भन्दै त्रसिएका गाउँले बाघ नै गाउँ आएपछि झन त्रसिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका बाघ र गैंडा यत्तिखेर नवलपरासीको रजहर, प्रसौनी, कावासोती, पिठौली लगाएका क्षेत्रमा प्रशस्त भेटिने गरेका छन् । निकुञ्ज भित्र प्राप्त आहार नहुदा हरिण, लगाएका घाँसे जनावर बाहिर निस्कदा बाघ बाहिर निस्केको गाउँलेको अनुमान छ । गैडाले समेत गहुँ र उखु मन पराउने भएकाले बाहिर निस्कने गरेका छन् ।
-विद्रोही गिरी/ नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>