समाचारसोमबार, पौष ९, २०६९

धर्मका नाममा जनतालाई लडाउन खोजिएको छ: थापा

हिमालखबर

९ पुसमा रथ यात्रा सहित पाल्पा हुँदै बुटवल आइपुगेका थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गराउनुपर्छ भन्नेमा सिङ्गो जनमत एकढिक्का रहेको भन्दै पश्चिमा राष्ट्रहरुले नेपाललाई धर्म निरपेक्ष बनाउन करोडौँ लगानी गरेको आरोप लगाए । उनले भने, “हिन्दु राष्ट्र कायम गराउन सडकमा देखिएको जनलहर उनीहरुका निम्ति चेतावनी हो ।” उनले संविधान र कानून विपरीत जनतामा भ्रम सिर्जना गरेर सङ्गठितरुपमा धर्म परिवर्तन गर्ने काम भइरहेको भन्दै हिन्दू राष्ट्रको पहिचान मेटाउने काम राजनीतिक दलहरुले षड्यन्त्रपूर्वक गरेकाले यसलाई स्वीकार गर्न नसकिने बताए ।

हिन्दु राष्ट्रको पक्षमा बिस्तारै जनमत बढीरहेको भन्दै उनले आफ्नो आन्दोलनले धर्मनिरपेक्षतालाई बढार्ने चेतावनी चेतावनी दिए । नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गरेर एकै ठाउँमा रहेका बिभिन्न जातजाति र धर्मवीच बिबाद शुरु गराईएको उनको आरोप थियो ।

राप्रपा नेपालले थालेको यो अभियान कसैका विरुद्ध नभई मुलुकको राष्ट्रियता र पहिचानका लागि भएको थापाको दाबी छ । पुस २ गते जनकपुरबाट सुरु भएको रथयात्रा पुस ११ ते काठमाडौँमा पुगी समापन हुनेछ । रथयात्रामा करिब दुई हजार जना सहभागी रहेका छन् । देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>