समाचारसोमबार, पौष ९, २०६९

कांग्रेस सभापतिलाई प्रधानमन्त्रीको सन्देश

हिमालखबर

प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदिप पाण्डेका अनुसार सन्देशमा संविधान संशोधन, संवैधानिक आयोगमा नियुक्ति, आयोगहरुको गठनलगायतका काम वर्तमान सरकारले नै गर्ने गरी सहमति गरेपछि दुई चरणमा सहमतिको सरकार गठन गर्ने भन्ने छ ।

कांग्रेसका दोस्रो पुस्ताका नेतामार्फत पठाइएको भनिएको उक्त सन्देशमा पहिलो चरणमा वर्तमान सरकारमा नै नेपाली कांग्रेस, एमालेलगायतका दलहरु सहभागी भई सहमतिको स्वरुप दिने र दोस्रो चरणमा चुनावका वेला सरकारको नेतृत्व कांग्रेसलाई दिने उल्लेख छ । सन्देशमा यदि उक्त प्रस्तावमा सहमति नहुने हो भने मधेशी मोर्चा वा साना दल वा राजनीतिक पृष्ठभूमि भएका कोही स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने भन्ने भट्टराईको पुरानै अडान दोहोरिएको छ ।

कांग्रेसका दोस्रो पुस्ताका नेता मार्फत प्रस्ताव पठाइएको भनिए पनि नेताको नाम खुलाइएको छैन । यससम्बन्धमा सभापति कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले त्यस्तो प्रस्ताव आएको बारे अहिलेसम्म आफूलाई थाहा नभएको बताए । कोइरालाका प्रेस सल्लाहकार विपुल पोखरेलले भने यस्तो प्रस्ताव पहिले पनि विभिन्न नेताहरु मार्फत आउने गरेकोले नयाँ कुरा नभएको बताए । उनले थपे, “अहिले हामी एउटा कार्यक्रममा छौं, त्यस्तो प्रस्ताव आज फेरि आएको थाहा छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>