समाचारसोमबार, पौष ९, २०६९

राष्ट्रपतिद्वारा फेरि ५ दिनको म्याद थप

हिमालखबर

अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिमा प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न गत ८ मंसीरमा पहिलो पटक एक साताको म्याद दिएका राष्ट्रपतिले यअसअघि पटक पटक गरी म्याद दिएको ३० दिन नाघिसक्दा पनि दलहरु बीचमा सहमति बन्न सकेको छैन ।

आजै भारत भ्रमणमा जान लागेका राष्ट्रपतिले विहान विघटित संविधान सभाका सबै दलका नेताहरुलाई शीतल निवासमा बोलाएर लोकतन्त्र मासिएको भन्दै सहमतिका लागि गम्भीर हुन आग्रह गरेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार सहमति नहुँदासम्म म्याद थपको प्रक्रिया जारी नै रहनेछ । तर, त्यसको प्रक्रिया भने केही भिन्न हुन सक्ने पनि उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>