समाचारसोमबार, पौष ९, २०६९

भट्टराई कुर्सीको सती जाँदैछन: गजुरेल

हिमालखबर

सीपी गजुरेल । तस्बीरः लक्ष्मी गौतम, पाँचथर

सरकार भारतको इसारामा सञ्चालन भइरहेको आरोप समेत लगाउँदै उनले भने, “प्रतिपक्षी दलसँगै उनकै पार्टीभित्र राजीनामाको बहस भैरहँदा समेत कुर्सी नछाड्ने बाबुराम कुर्सीसँगै सती जान लागेका छन् ।”

९ पुसमा पार्टीको पाँचथर जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै गजुरेलले मुलुक इतिहासकै कमजोर अवस्थामा पुगेका बखत सहमति गरेर निकास दिनुको साटो कुर्सीमा टासिएर भटराईले देश र जनता प्रति गम्भीर अन्याय गरेको बताए । वर्तमान सरकार राष्ट्रिय मुद्दालाई बेवास्ता गर्दै सत्ता टिकाइराख्ने रणनितीमा लागेकाले सरकारले ‘सिन्को पनि भाच्न नसक्ने’ टिप्पणी गरे ।

गजुरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष बिचको टकरावले एकिकृत नेकपा माओबादीलाई फुटको दिशातर्फ केन्द्रीत गरेको दावी पनि गरे । एकीकृत माओबादी प्रति निकै आक्रोशित रुपमा प्रस्तुत भएका गजुरेलले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईलाई कम्युनिष्ट इतिहासमै ‘गद्धार’ घोषणा गरे ।

गाई वस्तु पाल्ने परिवारका राष्ट्रपतिले दुध गाईवाट आउछ भन्ने विर्सेर गोरु दुहुन थालेको भन्दै गजुरेलले तीन दल र मधेशवादीबाट निकास आउनै नसक्ने तर्क गरेका थिए । लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>