समाचारमंगलबार, पौष १०, २०६९

गाडी त्रिशुलीमा खस्दा दुईजना बेपत्ता

हिमालखबर

काठमाडौंबाट भारततर्फ जाँदै गरेको एनपी ०२ के ४३३८ नम्बरको टेलर गाडी आज बिहान गजुरी–१ कालीकास्थानमा ब्रेक फेल भएर सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताए ।

गाडीमा सवार भरतीय नागरिक शङ्कर यादव र गाडीका सहचालक नदीमा परेर हराइरहेका छन् भने चालक नन्दकुमार यादव गम्भीर घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नदीमा खसेको गाडीको केही भाग मात्र देखिएको छ । नदीको पानी अत्यधिक चिसो भएकाले हराइरहेका व्यक्तिको खोजीका लागि समस्या भएको स्थानीय राजमार्ग उद्धारकर्ता चन्द्र श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>