समाचारमंगलबार, पौष १०, २०६९
दाहाल–भट्टराई भेट, अडान कायमै
१० पुस विहान दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा कुनै ठोस सहमति नबनेको बुझिएको छ ।
भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने अवस्था अरुको नेतृत्वमा सरकार गठनका लागि अध्यक्ष दाहालले प्रस्ताव गरेका छन् भने प्रधानमन्त्री भट्टराई भने सरकार नछाड्ने अडानमा छन् । प्रधानमन्त्रीको अडानलाई मधेशी मोर्चा केही नेताहरुको पनि साथ छ ।
सत्तारुढ गठबन्धनमा पनि सहमतीय सरकार गठनका विषयमा विवाद भएपछि गठबन्धन सचिवालयको बैठक आज दिउँसो तीन बजे बस्ने कार्यक्रम तय भएको छ ।
