समाचारमंगलबार, पौष १०, २०६९
विदेशी पैसाको आडमा धर्म परिवर्तनः कमल थापा
सो पार्टीले शुरु गरेको वृहत रथयात्राका क्रममा दमौली आईपुगेका थापाले हालैको जनगणनाको तथ्यांकबाट बौद्ध धर्मावलम्बीहरु घट्नुले पनि त्यो पुष्टि गरेको बताए । समयमै यसलाई रोक्न नसकिए परम्परागत सद्भावमा खलल आउनसक्ने चेतावनी उनले दिए ।
“निरक्षरता, अज्ञान र अभावको आडमा विदेशी पैसामा धर्म परिवर्तन गराउने काम भएको छ,” थापाले भने ।
आफूहरुले हिन्दु राज्यको पक्षमा वकालत गरेको भएपनि सबैको अस्तित्व स्वीकार्ने थापाले बताए । नेपालमा हिन्दु राज्य कायम भएको समयमा समेत धार्मिक सद्भाव कायमै रहेको भन्दै थापाले हिन्दू, बौद्ध र मुस्लिमबिच सद्भाव कायम रहेको बताएका थिए । पवन पौडेल, तनहुँ
