समाचारमंगलबार, पौष १०, २०६९

‘न्यूजवीक’ को छापा संस्करण अन्तिम

हिमालखबर

सन् १९३३ देखि प्रकाशन शुरु गरेको ‘न्यूजवीक’ अब ‘न्यूजवीक ग्लोबल’ का नामबाट डिजिटल संस्करण (इन्टरनेट) मा मात्रै प्रकाशन हुने उक्त पत्रिकाकी सम्पादक टिना ब्राउनले बताएकी छन् ।  ‘न्यूजवीक’ को अंतिम संस्करणको कभर पेजमा ‘लास्ट प्र्रिण्ट इस्यु’ लेखिएको छ । जसमा मिडटाउन म्यानहट्टनस्थित पत्रिकाको पुरानो कार्यालय भवनको श्यामश्वेत तस्बीर प्रकाशित गरिएको छ ।

सम्पादक ब्राउनले वक्तव्य जारी गर्दै पत्रिकाको डिजिटल संस्करण ‘ जनबरीको पहिलो हप्ता तपाईंको आइप्याड र फोनमा जारी हुनेछ’ भनेकी छन् । पत्रिकाको छापा संस्करण बन्द हुने अक्टुबर महिनामै घोषणा गरिएको थियो ।

विकसित मुलुकहरुमा इन्टरनेटको बढ्दो प्रयोगले पत्रिकाको छापा संस्करणलाई आर्थिक समस्या झेल्नु परिरहेको छ । पछिल्लो समयमा विज्ञापनदाताहरुले इन्टरनेट संस्करणका लागिमात्रै विज्ञापन उपलब्ध गराउन थालेपछि धेरै पत्रिकाहरु बन्द भइसकेका छन् ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>